निजगढ,निजगढ नगरपालिका वडा नम्बर ७ स्थित सगरमाथा बचत तथा ऋण सहकारी संस्थाले २२ औँ बार्षिक साधारणसभाको अवसरमा निजगढ नगरपालिकामा विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता, चित्रकला र वकृत्वकला प्रतियोगिता आयोजना गरेको छ ।
हाजिरीजवाफ प्रतियोगितामा निजगढ नगरपालिका वडा नम्बर ६ स्थित गौरीशंकर माध्यमिक विद्यालय सडकटोलका छात्रछात्रा प्रथम, निजगढ नगरपालिका वडा नम्बर ८ स्थित गौरीशंकर माध्यमिक विद्यालय द्धितीय, र निजगढ नगरपालिका वडा नम्बर ७ स्थित विद्यासागर बोडिङ स्कुलका छात्रछात्र तृतीय भएका छन । त्यसैगरी वक्तृत्कला प्रतियोगितातर्फ गौरीशंकर माध्यमिक विद्यालय सडकटोल प्रथम, निजगढ नगरपालिका वडा नम्बर ८ स्थित बकैया ठाकुर आधाभूत विद्यालय द्धितीय र निजगढ नगरपालिका वडा नम्बर ११ रतनपुरीस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका छात्रछात्रा तृतीय भएका छन ।
चित्रकला प्रतियोगितामा पनि निजगढ नगरपालिका वडा नम्बर ११ रतपुरको नेरामावि प्रथम, गौरीशंकर मावि निजगढ ८ द्धितीय र निजगढ नगरपालिका वडा नम्बर ५ स्थित जनजागृति आधारभुत विद्यालयका छात्रछात्रा तृतीय भएका छन् । प्रतियोगिताका विजय विद्यार्थीहरुलाई संस्थाको बार्षिक साधारणसभाको अवसरमा असोज १६ गते पुरस्कार र प्रमाण पत्र वितरण गरिने संस्थाका अध्यक्ष भोलाप्रसादले जानकारी दिनुभयो ।
प्रतियोगिता कार्यक्रमको उद्घाटन समारोहमा निजगढ नगरपालिकाकी उपप्रमुख लिलादेबी लामिछाने, निजगढ नगरपालिकाका शिक्षा शाखाका प्रतिनिधि प्रदिप ढकाल, निजगढ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष सुदर्शनप्रसाद कोइराला, सहकारी संस्थाका संचालक समितिकी सदस्य हरिमैया उपाध्याय लगायतको उपस्थिती रहेको थियो ।