स्थानीय तहको चुनावको मिति नजिकिएसंगै मतदाताहरुलाई आफ्नो पक्षमा तान्नका लागि अहिले तीव्र गतिमा लागि रहेका छन् । चुनावमा जनता र नेताको सम्बन्ध भनेको नङ्ग र मासु जस्तै हो त्यसो त चुनावमा मात्र नभइ अघिपछि पनि यस्तो सम्बन्ध आवश्यक छ । तर, नेपालको सन्दर्भमा नेताहरु जनताको पक्षमा कम रहेको र जनताको दुःखसुखमा कम साथ दिएको आरोपहरु पनि लाग्ने गर्दछन् ।

अब यो आरोप खण्डनका लागि पनि दलहरु लाग्न जरुरी छ तर जब चुनाव नजिकिदै गर्छ अनि सिद्धान्त ओझेलमा पर्छ र पैसाको चलखेल बढी हुन्छ । नेताहरुले पनि जनताको मन जित्नुभन्दा पैसालाई प्राथमिकता दिएको देखिन्छ । जुन पाँच वर्षमा फेरि पनि आफ्नो स्थानीय तहमा के हुन्छ भन्ने कुरा नै हो ।

किनभने चुनाव जितेर गएपछि त अहिले लगानी गरेका नेताहरुले त्यसको साहँु ब्याज समेत असुल गर्छन् । त्यसैले पनि नेताले मतदाता र जनताले नेताको आचरण चिनेर मत दिने हो । पैसामा बिकाउने नेता र जनता उस्तै भएकाले सचेत हुन जरुरी छ ।

 

Leave a Reply