कलैया,प्रहरीले महागढीमाई नगरपालिका वडा नम्बर ३ र १० स्थित गंजभवानीपुरका विभिन्न घरमा संचालन भइरहेको अवैध मदिरा भट्टीमा कारबाही गरेको छ ।

कारबाहीको क्रममा प्रहरीले तयारी मदिरा १० हजार लिटर र मदिरा बनाउन प्रयोग गरिने ८० हजार लिटर कच्चा पदार्थ र ठुलो परिमाणमा रक्सी उत्पादन गर्न प्रयोग गरिने मेसिन, भडाकुडा, ड्रमहरू नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाको आधारमा स्थानीय प्रतिनिधिहरूको रोहबरमा गरिएको कारबाहीमा स्थानीयले पक्की घरभित्र १०÷१२ हजार लिटरभन्दा बढी भण्डारण गर्न सकिने पक्की अण्डरग्राउण्ड ट्याङकीहरू निर्माण गरी अस्वस्थकर र न्यूनगुणस्तरका रक्सी उत्पादन गरेको पाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो । सो अवसरमा लुकाई छिपाई मदिरा भण्डारण हुदै आएका १७ वटा अवैध भट्टीहरू पनि नष्ट पारिएको र मदिरा विरुद्धको अभियानलाई आगामी दिनमा पनि जारी राखिने उहाँको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here