नरेश गुप्ता

बरियारपुर,अत्याधुनिक हतियार सहित बाराको सिम्रौनगढबाट दुईजना भारतीय नागरिक पक्राउ परेका छन् ।

सिम्रौनगढ नगरपालिका वडा नम्बर( ९ बसवरीयादेखि कचोर्वा जाने सडकबाट शनिवार बिहान १० बजेको समयमा सशस्त्र प्रहरीले अटोमेटिक चाइनीज पेस्तोल, म्याग्जीन र गोली सहित दुई जना भारतीय युवकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा भारतको बिहारस्थित मोतीहारीका २३ वर्षीय पप्पु कुमार यादव र बिहार कै भेलावाका २२ वर्षीय अकलेश कुमार सिंह रहेका छन् ।

सिमावर्ती भारतीय गाँउबाट मोटरसाइकलमा सवार भइ नेपाल प्रवेश गरेका दुबै जनालाई सशस्त्र प्रहरीले रोकेर चेकजाँच गर्दा उनीहरुको साथबाट चाइनिज पेस्तोल १ थान, त्यसमा लाग्ने २ राउण्ड गोली, १ थान म्याग्जनी २ थान, कटुवा पेस्तोल १ थान र त्यसको दुई राउण्ड गोली बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ । पेस्तोल र गोली सहिँत पक्राउ परेका दुबैलाई आवश्यक कारबाहीको लागि ईलाका प्रहरी कार्यालय सिम्रौनगढमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

Leave a Reply