सिमरा,जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा उपसचिव उर्मिला काफ्लेले हाजिर गर्नुभएको छ ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णयअनुसार सरुवा भएर आउनुभएकी काफ्लेले शुक्रवार कार्यलयमा पदवहालीसंगै हाजिर गर्नुभएको हो ।काफ्ले जीतपुरसिमरा उपमहानगरपालिकाको पहिलो महिला प्रमुख प्रशासकीय अधिकृत समेत हुनुहुन्छ ।काफ्लेलाई नगर प्रमुख राजन पौडेल, उपप्रमुख भोलाप्रसाद अधिकारीसहित जनप्रतिनिधि र कर्मचारीले स्वागत गरेका थिए । मंसिर १२ गतेदेखि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका उपसचिव शिवजी प्रसादको स्थानमा मन्त्रालयले काफ्लेलाई पठाएको हो । काफ्ले यसअघि जिल्ला समन्वय समिति सोलुखुम्बुको समन्वय अधिकारी हुनुहुन्थ्यो ।

Leave a Reply