कृष्णउदास खनाल
भच्चेक, गोरखाको अजिरकोट गाउँपालिका जिल्लाकै पर्यटकीय हिसावले निकै महत्वपूर्ण स्थान हो । स्थानीय तहको चुनावको मतदानको दिन नजिकिदै गर्दा अजिरकोट गाउँपालिकामा पनि चुनावी सरगर्मी बढेको छ । हालसम्म बामबन्थीहरुले एक पटक पनि जीत हाँसिल गर्न नसकेको यस गाउँपालिकामा अघिल्लो स्थानीय तहको चुनावको मत परिणामलाई आधार बनाउदा काँग्रेस र माओवादीकाबीचमा नै प्रतिस्प्रर्धा हुने आँकलन गरिएको छ । अन्तिम समयमा आएर गोरखामा काँग्रेस र माओवादीकाबीचमा गठबन्धन भत्किएपछि एक्लाएक्लै चुनावी मैदानमा उत्रिएका उनीहरुकाबीचमा नै यहाँ पनि कडा प्रतिस्प्रर्धा हुनेछ ।
अघिल्लो चुनावमा झिनो मत अन्तरले पराजित भएको माओवादी यस पटक जीत निकाल्ने रणनीतिमा लागेको देखिन्छ । गत चुनावमा काँग्रेसका फडिन्द्रप्रसाद धितालले ३ हजार ३३ मत ल्याएर बिजयी हुँदा माओवादीका दीपक देवकोटाले २ हजार ७ सय २ मत ल्याउनु भएको थियो । त्यो भनेको धिताल देवकोटाको मत अन्तर जम्मा ३ सय ३१ देखिन्छ यद्यपी माओवादीबाट नै उपाध्यक्षमा उठेकी अनिता भुजेलले भने दीपकको भन्दा कम मत अथवा २ हजार ६ सय ४२ मत मात्रै ल्याउनु भएको थियो । अघिल्लो चुनावको भन्दमा यसपाली आफूहरुको अवस्था राम्रो रहेको र आफू निरन्तर जनताको बीचमा नै रहेकाले आफूहरुको जीत सुनिश्चित रहेको माओवादी नेताहरुकमो भनाइ छ । नेपाली काँग्रेसले गोरखा बजारमा होटल चलाएर बसेका गोबिन्द गुरुंगलाई यसपाली उम्मेदवार बनाएको छ । धिताल काँग्रेसका पुराना नेताका रुपमा मानिनुहुन्थ्यो तर गुरुंग नयाँ । काँग्रेसले नयाँलाई उम्मेदवार बनाउदा पुराना काँग्रेसीहरुमा बितृष्णा भएकाले पनि गोबिन्द कमजोर उम्मेदवार रहेको यहाँका काँग्रेसका कार्यकर्ताहरुले नै बताएका छन् तर गुरुंगले भने आफू काँग्रेसको पुरानै नेता भएको र काँग्रेसलाई अजिरकोटमा कसैले हराउन नसक्ने जिकिर गर्नुभयो । काँग्रेसबाट अजिरकोटकै उपाध्यक्षमा उठेकी इन्द्रा गुरुंग भने बलियो उम्मेदवार रहेको काँग्रेसीहरुको तर्क छ । यसपाली अजिरकोटमा केही नयाँ मतदाता थप भएकाले पनि यो मत निर्णयक देखिन्छ । यो पालिकामा एमाले भने निकै कमजोर छ । गएको चुनावमा एमालेका उम्मेदवारले जम्मा ३ सय ४७ मत ल्याएका थिए ।

Leave a Reply