बाराः स्थानीय तह निर्वाचन २०७४ मा नेपाली कांग्रेसका नगर प्रमुख र उपप्रमुख पदका उम्मेदवारले पाएको मतपरिणाम हेर्ने हो भने जीतपुरसिमरा उपमहानगरपालिकामा कांग्रेस दोस्रो ठुलो शक्ति हो ।

नेकपा एमालेका उम्मेदवारले उक्त निर्वाचनमा प्रमुख र उपप्रमुख दुवै पद जित्दा कांग्रेसका उम्मेदवार दोस्रो भएका थिए भने नेकपा माओवादी केन्द्र फराकिलो मतान्तरले तेस्रो भएको थियो । दोस्रो ठुलो शक्तिका रुपमा स्थापित हुदाँ उपमहानगरपालिकामा कांग्रेस प्रतिस्पर्धी देखियो ।

२०७४ को मतपरिणामअनुसार एमालेले प्रमुख पदमा १४ हजार आठ सय ६४, कांग्रेसले ११ हजार नौ सय ९५ र माओवादीले ११ हजार दुई सय ५१ मत पाएका थिए । उक्त निर्वाचन सम्पन्न भएको करिब पाँच वर्षपछि आएको स्थानीय तह निर्वाचन २०७९ मा पुनः एमाले र कांग्रेसबीच तिव्र प्रतिस्पर्धा हुने अपेक्षा गरिएको थियो ।

तर सत्तागठबन्धनले गरेको निर्णयका कारण कांग्रेसले यो पटक जीतपुरसिमरामा नगर प्रमुख पदमा प्रतिस्पर्धा नै गर्न पाएन् । गठबन्धन भए प्रमुख पद आफूले पाउनुपर्ने दावीसहित केन्द्रीय कार्यालयमा खबरदारी गरेको कांग्रेससंग अन्ततः माओवादीको नेतृत्वमा चुनावी मैदानमा होमिनुको विकल्प रहेन् ।

त्यसो त नगर समितिका पदाधिकारीले गठबन्धननै नस्विकार्ने समेत निर्णय गरेका थिए । तर केन्द्रबाट मात्रै आधिकारिक टिकट प्राप्त हुने भएपछि कांग्रेस प्रमुख पदमा उम्मेदवारी दिनबाट बञ्चित हुन पुग्यो ।

उपप्रमुख पदमा मेघा शाहीलाई चुनावी मैदानमा उतारेको कांग्रेस अहिले आफ्नो उम्मेदवार जिताउने मात्र नभई माओवादी केन्द्रलाई उपमहानगरपालिकामा पहिलो शक्ति बनाउन अग्रसर देखिएको छ । गठबन्धनका कारण नगर प्रमुख पदमा माओवादी केन्द्रका उम्मेदवार राजन पौडेलको चुनावी प्रचारमा व्यस्त रहेको कांग्रेस वडातहमा भने माओवादीसंगै प्रतिस्पर्धामा छ ।

अर्कोतर्फ कान्त्रिकारी पत्रकार बाराका एक जिम्मेवार ब्यत्तिले राजन पौडेललाई जिताउन अन्य पा६िका उपमेयरलाइृ सहयोग गर्नु परे पछि नहटे भनि गत शनिबार सिमराको एक चिया पसलमा साझको ४ बजे तिर आफनो बिचार राख्दै थिए ।
उपमहानगरपालिकाको अधिकांश वडामा माओवादी र कांग्रेस एकआपसका प्रतिस्पर्धी छन् । केन्द्रबाटै प्रमुख पद पाएपछि वडातह मिलाउन नचाहेको माओवादीले कांग्रेसलाई वडातहमा भने प्रतिस्पर्धी बनायो । कांग्रेसलाई हराएर वडातहमा आफ्नो उम्मेदवारलाई जिताउन अग्रसर देखिएको माओवादी नगर प्रमुख पदमा भने त्यही कांग्रेस कार्यकर्ताको मत लिएर जित्ने दाउमा छ ।

केन्द्रबाट भागबण्डा भएसंगै कांग्रेसलाई वडातहमा मिलाउन छाडेर नगरको पाँच दलीय बैठकमा आफै १३ वटा वडा माओवादीले दावी गरेपछि कांग्रेससहित अन्य तीन दल जनता समाजवादी पार्टी, नेकपा एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चा असन्तुष्ट भएका थिए । प्रमुख पद दावी गर्दै आएको कांग्रेसलाई उपप्रमुखमा खुम्चाउदै प्रमुख पदको टिकट उम्काउन सफल माओवादीले अन्तिम समयमा रणनितिक रुपमा कांग्रेसलाई समेत पाखा लगाएको हो ।

अघिल्लो स्थानीय तहमा उपप्रमुख पदमा पनि आकर्षक मत प्राप्त गरेको कांग्रेसले यसपटक प्रमुख पदको मुख्य दावेदारका रुपमा आफूलाई उभ्याएको थियो । तर केन्द्रीय निर्णयका कारण आफ्नो अस्तित्व गुमाएर माओवादीलाई उकास्न तत्पर देखिएकोे कांग्रेस अब मतका आधारमा उपमहानगरपालिकामा चौथो शक्ति हुने देखिएको छ ।

बैशाख ३० गते हुने निर्वाचनमा नेकपा एमाले गठबन्धनको मुख्य प्रतिस्पर्धाी देखिएको छ भने लोकतान्त्रिक समाजवादी पार्टी अर्को शक्तिको रुपमा अगाडी आएको छ । एमालेबाट सरस्वती देवी चौधरी उम्मेदवार छिन् भने लोसपाबाट संजय साह प्रमुख पदका उम्मेदवार छन् । चौधरी निवर्तमान उपप्रमुख र साह जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष हुन् ।

उपमहानगरको नेतृत्व लिनका लागि एमाले, माओवादी र लोसपाबीच त्रिपक्षीय प्रतिस्पर्धामा चलिरहदा कांग्रेस माओवादीलाई जिताउने सहयोगीको भूमिकामा देखिएको छ । माओवादी जिताउने अभियानमा सक्रिय कांग्रेस स्थानीय तह निर्वाचनपछि उपमहानगरपालिकाभित्र निकै कमजोर हुने आकलन गर्न थालिएको छ ।

 

Leave a Reply