वीरगन्ज,नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो लडाँई कुर्सीको लागि नभई विधिको लागि लडाई भएको बताउनु भएको छ । प्रेस संगठन नेपाल पर्साले आइतबार वीरगन्जको होटल भिस्वामा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले नेकपालाई अलग गरेर एमाले र माओवादी केन्द्र बनाएपछि एमालेलाई एकताबद्ध बनाउनका लागि देशभर आपूmहरुले अभियान चलाएको जानकारी दिदै एकजना व्यक्ति सधैंभरी पद र कुर्सीमा रहिरहनुपर्छ भन्ने मानसिकताको विरोध गरेको स्पष्ट पार्नुभयो । चारैतिर केपी ओलीको बहुमत नभएपछि बाहिरबाट थपेर बहुमत पु¥याउने नाममा विधि र विधानलाई मिचेको बताउदै २०७५ जेठ २ को विन्दुमा फेरि पार्टी एकताबद्ध रहेको बताउनुभयो । उहाँले आपूmलाई कारवाही गरेको ओलीले कागजमा मात्रै सीमित रहेकोले कोही पनि कार्यकर्तालाई नआत्तिन आग्रह पनि गर्नुभयो । नयाँ सरकार गठनका लागि प्रतिपक्ष र विपक्षी दलहरुको भूमिका रहेकोले आपूmले ओली नेतृत्वको सरकार हटाउनलाई विपक्षीलाई भन्न नसक्ने बताउनुभयो । प्रेस संगठन नेपाल पर्साका संयोजक नीरज पिठाकोटे मगरको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेकपा एमालेका उपमहासचिव घनश्याम भूषाल, केन्द्रीय सदस्य एवं प्रदेश २ सहसंयोजक नागेन्द्र चौधरी, केन्द्रीय सदस्य एवं पर्सा इन्चार्ज रामचन्द्र साह, नेकपा पर्सा अध्यक्ष बालगोपाल थापा, प्रेस संगठन प्रदेश नम्बर २ का सहसंयोजक राघव साह, सचिव वृजलाल पासवान लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण प्रेस संगठन पर्साका सदस्य मनोज पटेलले गर्नुभएको थियो । यसैबीच नेकपा एमाले माधव नेपाल समूहले रौतहटमा समानान्तर कमिटी घोषणा गरेको छ । नेता नेपालको उपस्थितिमा कमल राय यादवको अध्यक्षतामा कमिटी घोषणा गरेको हो । रौतहटको चन्द्रपुर नगरपालिकामा आयोजित नेकपा एमालेको जिल्लास्तरीय कार्यकर्ता भेलाले यादवको अध्यक्षतामा रहेको विद्यमान ७३ सदस्यीय जिल्ला कमिटीका घोषणा गरेको हो । भेलामा नेता नेपालसहित घनश्याम भुसाल, नागेन्द्र चौधरी, रामचन्द्र साह, सरला यादव, रामकुमार भट्टराई, प्रदेश २ कमिटीका सदस्यहरू, जनवर्गीय संगठनका केन्द्रीय पदाधिकारीहरू तथा जिल्लाभरका करिब ८ सय भन्दा बढीको नेता कार्यकर्ताको उपस्थिति थियो ।

Leave a Reply