जीतपुर,राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एन प्याब्सन) जीतपुरसिमरा नगर कमिटीको अध्यक्षमा अनिल तिवारी चयन हुनुभएको छ ।
एन प्याब्सन नेपालका केन्द्रिय सदस्य रामप्रसाद अधिकारीको संयोजकत्व र एन प्याब्सन बारा जिल्ला उपाध्यक्ष सुबोध गुप्ताको उपस्थितिमा शनिवार भएको भेलाले एन प्याब्सन जीतपुरसिमरा नगर कमिटीको अध्यक्षमा तिवारीलाई सर्वसम्मत चयन गरेको हो ।एन प्याब्सन जीतपुरसिमरा नगर कमिटीको अध्यक्षमा चुनिनुभएका तिवारी डुमरवाना पब्लिक स्कुल रजघट्टाको संचालक हुनुहुन्छ ।
नगर कार्यसमितिको उपाध्यक्षमा दिपेन्द्रकुमार साह, सचिवमा सरोजचन्द्र कार्की, कोषाध्यक्षमा नरेन्द्र तामाङ्ग, सदस्यमा गौतम चौधरी, मधुसुदन चौधरी चयन भएका छन् ।
भेलमा बोल्दै एन प्याब्सनका केन्द्रिय सदस्य रामप्रसाद अधिकारीले कमिटीमा नयाँ निर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना दिनुभएको थियो । निजी विद्यालयको पक्षमा वकालत गर्न एन प्याब्सन केन्द्रिय कार्यसमिति सरकार तथा सरोकारवाला निकायसंग निरन्तर छलफल गर्दैआएकोसमेत अधिकारीले बताउनुभयो ।
कार्यक्रममा एन प्याब्सन बाराका कोषाध्यक्ष मदन रिजाल, ससचिव रामबहादुर चौधरी, पूर्वप्रदेश सदस्य सुन्दर ढकाल लगायत जीतपुरसिमरा उपमहानगरभित्र रहेका विभिन्न निजी विद्यालयका शिक्षकहरुको उपस्थिति रहेको थियो ।

















