नरेश गुप्ता
बरियारपुर,महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र प्रसाद यादवले स्वास्थ्य सेवालाई सुलभ र प्रभावकारी बनाउनु पर्नेमा जोड दिनु भएको छ ।
नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा पालिका स्तरीय स्वास्थ्य समीक्षा गोष्ठी कार्यक्रममा बोल्दै उहाँले आफ्नो पहिलो उदेश्य स्वास्थ्य सेवालाई प्रभावकारी बनाएर भरपर्दो सेवा प्रदान गर्ने रहेको बताउनुभयो ।
उपचार नपाएर नगरभित्र कसैले पनि अकालमा ज्यान गुमाउनु नपरोस भन्ने आफ्नो चाहना रहेको बताउदै उहाँले सबै स्वास्थ्य केन्द्रहरुका स्वास्थकर्मीहरुले जिम्मेवारी पुर्वक काम गर्नु पर्नेमा नगर प्रमुख यादबले जोड दिनुभएको थियो । नगरभित्र संचालनमा रहेको बर्थिङ्ग सेन्टर, ल्याब सेवा, स्वास्थ सेवा, एम्बुलेन्स सेवा आदिबाट यस क्षेत्रका जनता प्रत्यक्ष रुपमा लाभान्वित बनेको नगर प्रमुख यादवले बताउनुभयो ।
महागढीमाई स्वास्थ्य शाखा संयोजक बिजयप्रसाद कुशवाहाले पालिका स्तरीय स्वास्थ्य समीक्षा तथा तर्जुमा कार्यक्रमको सहजीकरण गर्नुभएको थियो । सो कार्यक्रममा उपप्रमुख तारादेबी कानु, प्रमुख प्रशासकीय अधिकृत उमेशराज रिमाल, स्वास्थ्य शाखा सहसंयोजक अजय सिह लगायत स्वास्थ्य केन्द्रका प्रमुखहरुको सहभागिता थियो ।