निजगढ,सामुदायिक वन उपभोक्ता महासंघ बाराको अध्यक्षमा रामजी बजगाई सर्वसम्मत रुपमा चुनिनुभएको छ । बजगाई दोस्रो कार्यकालको लागि महासंघको बारा जिल्ला अध्यक्षमा चुनिनुभएको हो । बुधवार पथलैयामा भएको महासंघको सातौं जिल्ला अधिवेशनले बजगाईको अध्यक्षमा ९ सदस्यीय कार्यसमिति चनय गरेको छ । अधिवेशनले महासंघको महासचिवमा सरस्वती सिलवाल, सचिव दिपक श्रेष्ठ, कोषाध्यक्ष गीता घले र सदस्यहरुमा नारायण दुलाल, यशोधा बुढाथोकी लगायतलाई चयन गरेको हो ।महासंघ केन्द्रीय सचिवालय सदस्य भरत घलेको प्रमुख आतिथ्यमा भएको सो अधिवेशनमा केन्द्रिय सदस्य गुन्जबहादुर खड्का, महासंघका मधेस प्रदेश अध्यक्ष सोमप्रसाद शर्मालगायतको उपस्थिति रहेको थियो ।बारा जिल्लामा ३४ उपभोक्ता समुह जिल्ला महासंघमा अवद्ध रहेको अध्यक्ष बजगाईले जानकारी दिनुभयो ।















