कृष्ण मोहन साह

सेढवा,पर्साको ठोरी गाउँपालिकाकामा रहेका २ वटा विद्यालयमा शनिवार राति चोरी भएको छ । ठोरी गाउँपालिका वडा नम्बर ४ स्थित माद्यामिक विद्यालय विजयबस्ती र वडा नम्बर ५ स्थित सखुवाटी प्राविमा शनिवार राति चोरी भएको हो ।

आइतवार बिहान विद्यालयमा पुग्दा ५ वटा कोठाको ताला फोडेर सामाग्री छरपस्ट अवस्थामा फेला परेको विजयबस्ती माविका प्रधानाध्यापक नारायण लामाले बताउनु भयो । उक्त विद्यालयमा अहिले सञ्चालन भइरहेको कक्षा १२ को परीक्षा केन्द्र समेत हो ।

प्रधानाध्यापक लामाका अनुसार विद्यालयका २ वटा कार्यालय कोठा, पुस्तकालय, होस्टेल रुम र कम्प्युटर रुमको ताल्चा फोरेर भित्र रहेका सामानहरु लथालिङ्ग पारिएको अवस्थामा भेटिएको र के के सामाग्री चोरी भयो भन्ने जाँचपडताल भइहेको विद्यालयले जनाएको छ । त्यस्तै, वडा नम्बर ५ सुवर्णपुरस्थित सखुवाटी प्राविमा पनि ताल्चा फोरेर डेल कम्पनीको एउटा ल्यापटप, प्रोजेक्टर, पानी तान्ने मोटर लगायतका सामग्री चोरी भएको विद्यालयका प्रधानाध्यापक अमृत श्रेष्ठले जानकारी दिनुभयो ।

सखुवाटी प्राविमा चोरी गर्ने व्यक्तिको पहिचान भइसकेको र बाँकी अनुसन्धान जारी रहेकाले चाढै बिस्तृत विवरण आउने प्रधानाध्यापक श्रेष्ठको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here