नरेश गुप्ता

बरियारपुर,लोकतान्त्रिक समाजवदी पार्टीले बाराको आदर्शकोतवाल गाउँपालिका वडा नम्बर– ४ मा वडा कमिटी गठन गरेको छ ।

आदर्श कोतवाल गाउँपालिका वडा नम्बर– ४ कोइलीडीहमा भएको भेलाले नरेशप्रसाद यादवको अध्यक्षतामा ५१ सदस्यीय वडा कमिटी गठन गरेको हो ।

कमिटीको बरिष्ट उपाध्यक्षमा नवाब खान, उपाध्यक्ष रोशन यादव, सचिव पप्पू यादव, कोषाध्यक्ष छठु राम, सहसचिव शेख नबी अख्तर रहनुभएको छ ।

लोसपा युवा नेता तथा गाउँपालिका अध्यक्ष पदका उम्मेदवार सदाम अन्सारीको अध्यक्षता तथा केन्द्रीय सदस्य डा. कमरुल्लाह अन्सारीको प्रमुख आतिथ्यमा भएको भेलाले कमिटी गठन गरेको हो । भेलामा लोसपा जिल्ला सचिव अनिल साह, युवा केन्द्रीय सदस्य अरबिन्द यादव, आदर्शकोतवालका स्थानीय नेताहरु कृष्णन्दन गुप्ता, लक्ष्मी साह, सुनीलप्रसाद यादव, डा. प्रमानन्द साह लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।

यसैगरी सोही भेलाले हातिम हुसैन अन्सारीको अध्यक्षतामा २१ सदस्यीय लोसपा किसान कमिटी पनि गठन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here