नरेश गुप्ता

बरियारपुर,प्रहरी चौकी मटिअर्वा बाराबाट खटिएको प्रहरीको गस्ती टोलीले बाराको कलैया उप–महानगरपालिका वडा नम्बर १० शिव मन्दिरस्थित सडकबाट ५ किलो गाँजा सहित एक जनालाई पक्राउ गरेको छ ।

नेपालबाट भारततर्फ गइरहेका जिल्ला पर्सा बिन्दबासनी गाउँपालिका वडा नम्बर २ बस्ने वर्ष ६६ का जंगाली मुखिया बिनलाई ५ किलो ग्राम अवैध लागूऔषध गाँजा प्लाष्टिकमा राखी पोका बनाएर शरीरमा बेरी लुकाइछिपाइ लैजादै गरेको अवस्थामा फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिनुभयो ।

पक्राउ परेका बिनमाथि लागू औषध गाँजा मुद्दामा बारा जिल्ला अदालतबाट पहिलो पटक दिन १० को म्याद अनुमति लिएर हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

त्यसैगरी लागुऔषध इन्जेक्सनसहित प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरी चौकी मुसहर्वा बाराबाट खटिएको प्रहरी टोलीले जिल्ला बारा विश्रामपुर गाउँपालिका वडा नं. ३ स्थित सडकमा चेकजाँच गर्ने क्रममा भारतबाट ना. ३५ प २०४ नं.को मोटरसाइकलको सिटमुनि लुकाईएको अवस्थामा लागुऔषध जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका २ कान्तिराज पथ बस्ने वर्ष २८ को निरज प्रसाद सेनुरिया, भारत बिहार मोतिहारी थाना बेतिया मन्साटोल बस्ने वर्ष ३० का फिरोज अंसारीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले १५ थान नर्फिन एम्पुल १५ पिस, फेनार्गन एम्पुल १५ पिस र डाईजोपाम एम्पुल १५ पिस अवैध लागू औषधसहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । इन्जेक्सन लुकाइछिपाई मोटरसाइकल चढी चलाइ आएकालाई प्रहरीले पक्राउ गरेको हुँदा निजहरूलाई बारा जिल्ला अदालतबाट लागू औषध मुद्दामा पहिलोपटक दिन ७ दिनको म्याद अनुमित लिइ थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता थापाले जानकारी दिनुभयो ।

Leave a Reply