कलैया,चौधरी ग्रुपव्दारा स्थापित सीजी फाउन्डेसनले बारा र रौतहट जिल्लाका दुई सरकारी अस्पताललाई चार थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । फाउण्डेसनले बाराको कलैया अस्पताल र रौतहटको गौर अस्पताललाई २÷२ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको हो । सोमबार वीरगन्जस्थित चौधरी ग्रुप प्रदेश २ कार्यालयमा एक कार्यक्रमको आयोजना गरी अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको हो । वीरगन्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले फाउन्डेसनको तर्फबाट अस्पतालहरुलाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गर्नुभएको थियो । कोरोना संक्रमितको उपचारका लागि बारा र रौतहटका सरकारी अस्पताललाई १० लिटरको अक्सिजन कन्सन्ट्रेटर प्रदान गरिएको सीजी ग्रुप प्रदेश २ प्रमुख सत्येन्द्रकुमार झाले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here