नरेश गुप्ता
बरियारपुर – प्रदेश न २ अन्तर्गत  रहेको बारा जिल्लाको सदरमुकाम कलैया स्थित रहेको कलैया  अस्पताललाई कोरोना अस्पताल नबनाउन क्रियाशिल  ट्रेड युनियन बाराले आईतवार  प्रेस बिज्ञप्ती जारी गर्दै ध्यानाकर्षण  गरेको छ । मधेसी स्वास्थ कर्मी फोरम नेपालको अध्यक्ष शशिकान्त कुमार , कलैया  अस्पताल  बिकास  समिती कर्मचारी  युनियन बाराको अध्यक्ष प्रदिप गौतम  ,नेपाल स्वास्थ कर्मी संघ बाराको अध्यक्ष राज किशोर यादव  लगायत पाँच वटा क्रियाशिल ट्रेड युनियन  बाराले  कलैया अस्पताललाई  कोरिना कोभिड १९ अस्पताल नबनाउन संयुक्त  रुपमा बिज्ञप्ती जारी गर्दै समबन्धित निकाएलाई ध्यानाकर्षण  गरेको  छन ।
स्वास्थ परिक्षणको लागि गरिब , असहायको लागि एक मात्र कलैया अस्पताल  रहेकोले सो अस्पताल बाट प्रदान  गरिने  इमर्जेन्सी सेवा ओ पि डि सेवा , प्रस्तुति सेवा ,  परिवार नियोजन  सेवा , इनडुर सेवा ,जिल्ला  जनस्वास्थ्य बाट प्रदान गरिने  क्षयरोग , लेप्रोस्कोपी , एच आई भि , खोप सेवा पुर्ण   रुपमा  प्रभावित हुने भएकोले कलैया  अस्पतालको अर्को विकल्प  खोज्न बिज्ञप्ती मार्फत ध्यानाकर्षण  गराईएको छ ।
कलैया  अस्पताल  परिसर भित्र चिकित्सकको  आवास क्षेत्र  समेत र्शेकोले कोरोना कोभिड १९ को संक्रमणको खतरा  रहेकोले सबैलाई सचेत  रहन आग्रह  गरिएको छ । नोबेल  कोरोना कोभिड १९ को संक्रमण रोकथाम गर्न  लक डाउन र सोसल डिस्टेन्ट अपनाई सेवा प्रहाव गर्दै आएको कलैया  अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट सहितको एक जना पनि दरबन्दी चिकित्सक नरहेकोले अबिलम्ब ब्यवस्थापन गर्न प्रदेश न २ को सरकारसंग मांग गरिएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here