हेटौडा,मकवानपुरमा लोडर सोमवार पल्टिँदा ज्यान गुमाउनेको सङ्ख्या तीन पुगेको छ । यसअघि दुई जनाको ज्यान गएको थियो । ज्यान गुमाउने तीनै जना चिनियाँ नागरिक रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) सुरेन्द्रबहादुर गुरुङले जानकारी दिनुभयो ।

बकैया गाउँपालिका ११ जितपुर भञ्ज्याङमा राष्ट्रिय गौरवको आयोजनाको रूपमा निर्माणाधीन फास्ट ट्र्याक (द्रुतमार्ग) मा काम गरिरहेको लोडर सिमात खोलामा खसेको थियो । निर्माणाधीन फास्ट ट्र्याकमा खनेको माटो फाल्ने क्रममा लोडर पल्टिँदा उनीहरूको ज्यान गएको हो ।

लोडरमा ६ जना रहेका थिए । घाइते तीन जनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

 

Leave a Reply