सिमरा,स्थानीय तहको निर्वाचनको मिति नजिकिदै जादा बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका चर्चामा छ । नेकपा एमालेले आदिवासी थारु समुदायबाट सरस्वतीदेवी चौधरीलाई मेयर पदमा उम्मेदवार बनाएरपछि जीतपुरसिमराको चर्चासंग निर्वाचनमा मतदाताको चासो पनि बढेको हो ।

थारु समुदायकी महिला उम्मेदवार भएकोले चौधरीप्रति मतदाताको आकर्षण बढदै गएको देखिएको छ । नेपालमा महिलाहरुका अधिकांश आन्दोलनका मागहरु मध्येको एउटा हो पुरुष सरहको अधिकार पाउनुपर्छ । मेयर वा उपमेयर मध्यको एउटा पद महिलाका लागि अनिवार्य कानुनी अधिकार हो । आदिवासी (थारु) आन्दोलनले समेत राज्य र राज्यका महत्वपूर्ण स्थानमा थारु समुदायको सहभागिताका सवाल जोडतोडका साथ उठाउँदै आएको छ ।

महिला त्यसमाथि पनि थारु समुदायका महिलालाई उपमहानगरपालिका जस्तो तेश्रो ठुलो सरकारको जिम्मेवारीका लागि अघि सारिएको संभवत यो पहिलो पटक हो । मधेस प्रदेशमै भने ठुला उपमहानगरको बागडोर सम्हाल्ने दौडमा चौधरी पहिलो महिला नै बन्नुभएको छ ।

शिक्षित, निडर अनि अनुभवी, आदिवासी महिला चौधरीलाई मेयर पदमा विजय गराउन महिला र थारु समुदायले राजनीति आग्रह÷पुर्वाग्रहभन्दा माथि उठेर सोच्ने यो निर्वाचन सबैभन्दा ठूलो अवसर रहेको स्थानीय बताउछन् ।

यति ठुलो यो अवसर सरस्वति चौधरीको लागि मात्रै प्राप्त भएको भने पक्कै होइन । यो त सिंगो महिला र आदिवासी थारु आन्दोलनको उपलब्धी पनि हो । यो अवसर जीत– हारसँग जोडिएकाले महिला र थारु समुदायका लागि प्रतिष्ठाको बिषय नै हो । सँधै अरुको भोट बैंकका रुपमा प्रयोग हुने थारु समुदायले यस्ता अवसर विरलै पाउने कुरा हुन् ।

थारु समुदाय ईमान्दार अनी समाजप्रति बफादार रहने समुह हो । आफ्ना मुद्धा छाडेर अरुका लागि लालसलाम, जय मधेश र जय नेपाल गरेरै बर्षौं बिताएका थारु अगुवाहरुले आफ्नै समुदायकी चेलीलाई यो अवसर दिन आवश्यक वातावरण निर्माण गर्नु पर्दछ । आज नेतृ चौधरीले अवसर पाईन भने त्यो जित सिंगो महिला र थारु समुदायको जित सावित हुने र अरु महिलासँगै थारु समुदायका छोरी बुहारीहरुका लागि प्रेरणाको विषय पक्कै बन्ने छ ।

बागडोर जिम्मा लिने दौडमा रहेकी चौधरीप्रति अनेकन प्रहार भैरहेका छन् । सवाल उठिरहेका छन् । उठाईएका छन् । अझै उठ्न सक्छन् । त्यस कुराले खासै माने खाख्दैन । किनकी ती फगत चुनावी फण्डा मात्रै हुन् ।

मेयर पदकी उम्मेदवार चौधरीले करिब ५ वर्ष पालिकामा उममेयरको जिम्मेवारी पुरा गरिरहँदा कार्यकालको अन्तमा केही विषय बाहिर ल्याईएका छन । उहाँमाथि अख्तियारले पत्र काटेको, चौधरीले जिम्मेवारी पाएको उपमहानगरपालिका कार्य सम्पादन मुल्याङ्कनका आधारमा कमजोर रहेकोे भन्ने आरोप लगाइएको छ ।

जुन हिसावले आरोपलाई चुनावी मसला बनाएर पुरै दोष उनीमाथि थोपर्ने प्रयास भइरहेका छन् । दोषि हुन् भने पनि सिंगो उपमहानगरमा उहाँ मात्रै दोषी कसरी ? कार्यपालिकाको सबै भन्दा ठुलो हिस्सा ओगट्ने माओवादी र उनका नेता चाहि ईमान्दार भन्ने कुरा होइन । करिब तीन वर्षअघि भएको एमाले माओवादी एकिकरण सहित नेकपाले सो पालिकाको नेतृत्व गरेको हो ।

उमहानगर सपार्ने वा विगार्ने दुवै हैसियतमा भएको माओवादी शक्तिले भ्रष्टाचार भएको भए सोको र कार्य सम्पादनमा कमजोर मुल्याङ्कन पाएको विषयको अपजस चाही लिनपर्दैन ? पक्कै लिन पर्दछ । किन भने एमालेबाट निर्वाचित मेयर डा.कृष्ण पौडेल र उपमेयर चौधरीलाई कामै गर्न नदिएर घेराबन्दी भएका थुप्रै घटना छन् । यी विषयमा पुनः चर्चा गर्दै गरौंला । तर दोष तत्कालिन उपमेयर चौधरीमाथि मात्रै थुपारेर गरिएको चर्चाले माओवादीको जीतपुरसिमरापालिकाको टिमले उन्मुक्ति लिन खोज्ने कुरा समाजले पचाउन पक्कै सक्दैन ।

कमजोरी भएको भए उपमेयर चौधरीमाथि छानबिन गरी कारबाही हुन्थ्यो होला । त्यस्तो हो भने उहाँले उमेदवारी नै दिन पनि पाउनु हुने थिएन होला । उम्मेदवारी दिएकै भए पनि खारेज हुने थियो । त्यसो भएन भनेपछि उहाँमाथि लगाइएको आरोप झुठो हो भन्ने कुरा बुझ्न जरुरी छ ।

प्रतिपक्षीले चौधरीलाई कमजोर सावित गर्न सकिन्छ की भनेर प्रायोजित रुपमा चरित्र हत्या गर्न खोजेको स्थानीय बताउछन् । गठबन्धनका बाबजुद पनि एमालेभन्दा कमजोर छौं भन्ने कुराको पुष्टि गरेको प्रमाणका रुपमा गलत प्रचार गरेको स्थानीयको भनाइ छ ।

उनीहरुका लागि मुद्दाभन्दा पनि उमेदवार चौधरी यतीबेला टाउको दुखाई बन्नुभएको छ । प्रतिपक्षीका गतिविधिले के संकेत गर्दैछ भने एमाले उमेदवार चौधरी कमजोर महिला हुँदै होइनन् । बलियाहरुमाथि नै प्रहार हुने हो । चौधरी यस मानेमा बलियो उम्मेदवार हुुनुहुन्छ ।

भनिन्छ, खाएको विष पो लाग्छ । प्रतिपक्षी गठबन्धनको सामना गर्दै र मिथ्या आरोप चिर्दै चौधरी मतदाता भेटघाटमा ब्यस्त रहनुभएको छ । उहाँको टिमले मतदाताको अपार साथ पाईरहेको छ । बरु अझ धेरै सहयोग उहाँलाई यतिबेला महिला र विशेष गरी थारु समुदायको चाहिएको छ । जस्ले गर्दा उहाँलाई उपमहानगरको त्यो उच्च पदमा विराजमान गरी समाजको सेवा गर्ने स्वार्णिम मौका दिनुपर्छ भन्ने स्थानीयको धारण पाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here