जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिका–४ बाट प्रहरीले कटुवा पेस्तोल र एक राउण्ड गोलीसहित एक महिलालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिरहाको कल्याणपुर नगरपालिका–५, निर्धना टोलकी करिब ४० वर्षीया गंगावती महतो रहेकी छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धनुषाधामबाट खटिएको प्रहरी टोलीले शनिबार साँझ करिब ७ बजे गौरीपुर टोलबाट उनलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार महतोले कम्मरमा कटुवा पेस्तोल एक थान र त्यसमा लाग्ने एक राउण्ड गोली लुकाएर लैजाँदै गरेको अवस्थामा फेला पारिएको थियो ।
पक्राउ परेकी महिलामाथि प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
















