सिमरा,बाघको आक्रमणबाट चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गतको कसरा हात्तीसार केन्द्रमा कार्यरत बाराका एकजना माहुतेको मृत्यु भएको छ ।

शुक्रवार साँझ करिब साँढे ५ बजेको समयमा बारा जिल्ला कोल्बी नगरपालिका वडा नम्बर( १ घर भएका करिब २३ वर्षीय माहुते रमेश चौधरी थारुलाई बाघले आक्रमण गरेको हो । हात्तीसार केन्द्र मैं आएर बाघले आक्रमण गरे पछि चौधरीको घटना स्थलमा नैं मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवंम् प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीले जानकारी दिनुभयो ।

शरीरको घाँटी लगायतको भागमा चोट लागेको अवस्थामा प्रहरीले मृतकको शव फेला पारेको थियो । शवको जाँच मुचुल्का लगायतको कार्य सम्पन्न गरि पोष्टमार्टमको लागि भरतपुर अस्पतालमा राखिएको छ । छोराको मृत्युको विषयमा मृतकका बुबाले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको र थप अनुसन्धान गर्ने काम भईरहेको अधिकारीले बताउनुभयो ।

Leave a Reply