सिकिन्द्र साह
सिम्रौनगढ,बारा र रौतहट जिल्लाको सीमामा पर्ने अडुवा खोलामा पुल निर्माण गर्ने सहमति भएको छ ।
विवादका कारण लामो समयदेखि निर्माण कार्य अवरुद्ध बनेको बाराको आदर्शकोतवाल गाउँपालिकाको रुपौलिया र रौतहटको फतुवा विजयपुर नगरपालिकास्थित मेवा गाँउ बिचमा पर्ने अडुवा खोलामा दुई गाउँका स्थानीयबीच हुदै आएको विवादका कारण अवरुद्ध बनेको पुल निर्माण गर्ने सहमति भएको छ । विवाद अन्त्य भएसंग बारा र रौतहटको सिमा क्षेत्रमा पर्ने सो पुल निर्माण कार्य सुचारु हुने भएको छ ।
नेपाली काँग्रेस मधेस प्रदेशका उपसभापति चन्द्रशेखरकुमार यादव, आर्दश कोतवाल गाँउपालिकाका अध्यक्ष जवाहरप्रसाद साहको आग्रहमा बारा र रौतहटका प्रमुख जिल्ला अधिकारी तथा दुबै जिल्लास्थित सुरक्षा निकाय तथा स्थानीय तहका प्रमुखहरुबीचको छलफलपछि पुल निर्माण गर्ने बारेमा सहमति बनेको हो ।
सहमति अनुसार खोलाको सफाइ गरि पुल र कलर्भड मुनी राखिएको ढुंगाहरु निकालेर पानी सहज रुपमा बग्ने वतावरण बनाउने, खोलाको उत्तर र दक्षिणतर्फ रहेको खाल्डोअन्य ठाँउबाट माटो ल्याएर पुर्ने र पुल निर्माण गर्ने सहमति भएको बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले बताउनुभयो ।
त्यसैगरी खोलाको पूर्व र पश्चिमतर्फ पर्ने सिम्रौनगढ– तामागढी सडकसम्म लहरे पुल निर्माणका लागि दुबैतर्फका पालिकाहरुले संघिय, प्रदेश सरकारसँग सम्बन्वय गरि पहल गर्ने सहमति भएको रौतहटको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले बताउनुभयो ।
बाराको अदर्शकोतवाल गाउँपालिका आदर्शकोतवालस्थित रुपौलिय र रौतहटको फतुवा विजयपुर नगरपालिका मेवा गाउँका बासिन्दाबीच विवादका कारण अडुवा खोलामा निर्माणाधिन पुल लामो समयदेखि रोकिदै आएको थियो ।