पुष्पराज खतिवडा

मनहर्वा,नेकपा एमाले जीतपुरसिमरा वडा नम्बर( १८ ले विहिवार अपराहन्न विशेष भेलाको आयोजना गरी युवा परिचालन कमिटी गठन गरेको छ । मौवादेवी मन्दिर परिशरमा आयोजित भेलाले युवा संघ बाराका सदस्य दिपेश दाहालको संयोजकत्वमा ७० सदस्य युवा परिचालन कमिटी गठन गरेको हो ।

बैशाष ३० गते हुन गईरहेको स्थानीय तह निर्वाचनलाई लक्षित गरि युवा परिचालन कमिटी गठन गरिएको हो । चुनावलाई धाँधली रहित ढंगबाट सम्पन्न गर्न युवाहरुको भुमिकालाई प्रभावकारी पार्दै आफ्नो पार्टीका उमेदवारको पक्षमा वातावरण निर्माण गर्न कमिटी गठन भएको दाहालले बताउनुभयो ।

नेकपा एमाले जिल्ला सचिवालय सदस्य एवं वडा नम्बर १८ का अध्यक्ष पदका उम्मेदवार बसन्त खतिवडाको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो ।

नवगठित युवा परिचालन कमिटीको उपाध्यक्षमा विक्रम राना, सचिवमा नविन दाहाल, उपसचिवमा निशान्त भारती चयन भएका छन भने अन्यलाई सदस्यमा राखिएको छ ।

Leave a Reply