राजन कुमार बानिया
पोखरिया,पर्साको धोबिनी गाउँपालिका वडा नम्बर ५ जगरनाथपुर नवकाटोलामा रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको नवनिर्मित भवनको बुधवार उद्घाटन गरिएको छ ।नवनिर्मित विद्यालय भवनको एक समारोहकाबीच जगरनाथपुर गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष मनाउर मियाँ र नेकपा एमालेका नेता सलाउदिन अहमद र बिरेन्द्र यादवले संयुक्त रुपमा उद्घाटन गरेका हुन ।उद्घाटन कार्यक्रममा नेकपा एमालेका नेता यादव, वडा अध्यक्ष अहमद, वडा नम्बर ४ का वडा अध्यक्ष अबास मियाँ चुरिहार, गाउँपालिकाका शिक्षा शाखा प्रमुख बृजकिशोर त्रिपाठी, स्वस्थ्य शाखा प्रमुख सन्जय यादव, योजना शाखा प्रमुख पप्पु पटेल, रविभुषण पटेल, ईलाका प्रहरी कार्यालय लंगडीका सई तोपेन्द्र जिसी, श्रीअजिज मावि धोबिनीका प्रधानाध्यापक जितेन्द्र राम, आरिफ मियालगायतका उपस्थिति रहेको थियोे ।

Leave a Reply