बरियारपुर,कोभिड १९ को संक्रमणलाई ध्यानमा राखेर जिल्ला प्रहरी कार्यलय बाराले ‘तपाईको मास्क खै ?’ अभियान अन्तर्गत सात दिने कार्यक्रम शुरु गरेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यलय बारा र जनस्वास्थ कार्यालय बाराको संयुक्त आयोजनामा कलैयामा सर्वसाधारणलाई मास्क वितरण गरिएको हो ।
बारामा निषेधाज्ञा खुकुलो भएसंगै कोभिड १९ को जोखिम कायमै रहेकोले बारा प्रहरीले ‘तपाईको मास्क खै ? अभियान संचालन गरेको बाराका प्रहरी प्रमुख दिपेन्द्र शाहिले बताउनुभयो । सदरमुकाम कलैयास्थित भरत चोकमा हिडडुल गर्ने सर्वसाधारण र सवारी चालकलाई संक्रमणबाट जोगाउन मास्क वितरण गरिएको हो । निषेधाज्ञा खुकुलो भएपछि आमनागरिकले मास्क लगाउन छाडेपछि स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गराउन प्रहरीले मास्क अभियान संचालन गरेको हो ।