पुष्पराज खतिवडा
मनहर्वा,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २४ बाट नेकपा एमालेकी दलित महिला सदस्य निर्बिरोध निर्वाचित हुनुभएको छ ।
सो वडाबाट उक्त पदमा अर्को व्यक्तिको उमेदवारी नपरेपछि लालमुनि देवी ठाकुर निर्विरोध निर्वाचित भएकी हुनुभएको हो ।
ठाकुर निर्विरोध निर्वाचित भएको सूचना शुक्रबार नगर निर्वाचन कार्यालयले दिएको हो । ठाकुरले अन्य उम्मेदवार सँगै बैशाख १२ गते मनोनयन पत्र दर्ता गराउनुभएको थियो ।
ठाकुर निर्विरोध भएसंगै बारा जिल्लामा स्थानीय तहको निर्वाचनमा निर्विरोध निर्वाचत हुनेको संख्या २ पुगेको छ । यसअघि निजगढ नगरपालिका वडा नम्बर ३ बाट बुरगान कुमारी लामा महिला सदस्य पदमा निर्विरोध चुनिनु भएको थियो ।