जियालाल चौधरी
कोल्हबी,बाराको कोल्हबी नगरपालिका वडा नम्बर ७ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बेल्वा धोधर्पामा शनिवार राती २ थान कम्प्युटर र १ थान पानी तान्ने मोटर गरि करिब १ लाख २५ हजार बराबरको सामान चोरी भएको छ ।
चोरहरुको समूहले विद्यालयको कम्युटर कोठाको तल्चा फोडेर कम्प्युटर र पानी तान्ने मोटर चोरी गरेको विद्यालयका प्रधानाध्यापक रामाकान्थ चौधरीले जानकारी दिनुभयो । आइतवार बिहान ट्युशन पढाउन गएका शिक्षकले कोठा खोल्दा कम्प्युटर र मोटर चोरी भएको जानकारी पाएको उहाँले बताउनुभयो ।प्रधानाध्यापक चौधरीले घटनाको बारेमा ईलाका प्रहरी कार्यालय कोल्हबीलाई जानकारी गराएको बताउनुभएको छ । ईलाका प्रहरी कार्यालय कोल्हबी प्रमुख भोलामान सिंह अधिकारीले चोरहरुले विद्यालयको पर्खाल नाघेर छतमा चढेर कोठाको ताल्चा फुटाएर कम्प्युटर चोरी गरेर लगेको बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिनुभयो ।



















