जितपुर,जीतपुरका समाजसेवी पशुराम गिरीले श्रीमद भागवत सप्तहा ज्ञान पूजामा १ कठ्ठा जग्गा दान गर्ने घोषणा गर्नुभएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा ७ स्थित नारी शक्ति बिकास मञ्चको आयोजनामा हुन लगेको भागवत सप्तहा ज्ञान पुजामा गिरीले जग्गा दान गर्ने घोषणा गर्नुभएको हो । सप्तहा बैशाख ११ गतेदेखि सुरु हुन लगेको छ । ज्ञान पूजामा दान गरेको जग्गामा बुधबार भुमिपुजन भएको छ । जग्गादाता गिरीको हातबाट भुमि पूजा सम्पन्न भएको हो । हिन्दू परम्पराअनुसार भएको भुमि पुजनमा पडित सुदर्शन चलिसेले भुमि पुजन गराउनु भएको थियोे । महिला पुर्णस्थापना सेवा केन्द्र संचालन गर्ने उदेश्यले महायज्ञ अयोजना गर्न लगिएको सस्थाकी अध्यक्ष श्रीमती आशा दाहाल बताउनुभयो ।
भुमिपुजन कार्यक्रममा डा शोभाकर पराजुली, वडा ७ का वडा अध्यक्ष रामबाबु गुप्ता, वडा सदस्य दुर्गा रिजाल, वडा सदस्य ज्ञानी पासवान, नगर उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष घनश्याम गिरी, जितपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष सजय साह, समाजसेवी शिवजी सोनार, महिला नेतृ राधा देबी, नेपाली काग्रेस महिला नेतृ निरु रायमाझी, कराते सघका अध्यक्ष श्रीराम साह, युवा नेता मनोज कुमार साहलगायतको उपस्थित रहेको थियोे ।