निजगढ,निजगढ नगरपालिकाको मेयर पदमा आइतवार २ जनाले उम्मेदवारी गर्दा गराउनुभएको छ । सम्मुन्नत लोकतन्त्र पार्टीको तर्फबाट गीता मैनाली र नेकपा मालेको तर्फबाट शंकरकुमार चिमोरियाले निर्वाचन अधिकृतको कार्यालयमा आफै उपस्थित भएर मनोनयन पत्र दर्ता गराउनुभएको हो । मेयर पदका उम्मेदवार चिमोरिया र मैनाली दुबै निजगढ नगरपालिका वडा नम्बर ९ ठाडोलाइन निवासी हुन ।
निजगढ नगरपालिका वडा नम्बर ७ मा रहेको निर्वाचन अधिकृतको कार्यालयमा मैनाली र चिमोरियाले मेयर पदमा मनोनयन दर्ता गर्नुभएको हो । समुन्नत लोकतन्त्र पार्टीको तर्फबाट वडा नम्बर ६ को वडा अध्यक्ष पदमा पुरुषोत्तम अधिकारीले पनि बिहीवार नै मनोनयन पत्र दर्ता गर्नुभएको छ ।
त्यसैगरी वडा अध्यक्ष पदमा थप ३ जना स्वतन्त्र उम्मेदवारले मनोनयन पत्र दर्ता गरेकाछन । निजगढ नम्बर ७ मा रामहरी खरेल, सुरेश सन्जल र वडा नम्बर ११ को वडा अधयक्षमा चन्द्रलाल तामाङ्गले स्वतन्त्ररुपमा मनोनयन पत्र दर्ता गराएको निर्वाचन अधिकृत शम्भुप्रसाद बरालले बताउनुभयो ।
वडा अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार खरेलले सत्तारुढ गठबन्धन निर्वाचन लडिरहे पनि नगरबासीले भने गठबन्धनका उम्मेदवारलाई मत नहाल्ने दाबी गर्नुभयो ।