निजगढ,चौतारा युवा क्लव र निजगढ नगरपालिका वडा नम्बर ७ वडा कार्यालयको संयुक्त आयोजनामा भइरहेको तेस्रो निजगढ नगरस्तरीय भेट्रान्स फुटबल प्रतियोगिताअन्तर्गत आइतवार भएको खेलमा चौतारा युवा क्लवले न्यू जनजागृति भेट्रान्स टिमलाई २-० गोल अन्तरले पराजित गरेको छ । जितसंगै चौतारा प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।
खेलको ७औं मिनेटमा गणेश कार्कीको गोलमा चौतराले अग्रता लिएको थियो । १९औं मिनेटमा धनराज लामाले गोल थपेर चौतारको जित सुनिश्चित पारेका थिए ।निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टिमबाट गोलको प्रयास भए पनि गोल भने हुन सकेन । खेलको म्यान अफ दि म्याच बन्न सफल धनराज लामालाई नेत्रोदय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन डि.सी.ले ट्रफी प्रदान गर्नुभएको थियो ।