बारा

११ फागुन २०७८

जितपुरसिमरा उपमहानगरपालिका १८ स्थीत बालगंगा खोलामा मानव कंकाल वेवारिसे अवस्थामा फेला परेको छ । सुक्रबार विहान खोलामा आएको बाढिले कंकाल बगाएर ल्याएको हुन सक्ने प्रहरीले जनाएको छ । सेतो कपडाले बेरिएको अन्दाजी कंकाल बाडिले किनार लगाएको अवस्थमा भेटिएको प्रहरीले जनाएको छ ।

मृतकको शव कतै गाडिएको अवस्थामा खोलाले उत्खनन् गरि बगाएर ल्याएको हुन सक्ने बाराका प्रहरी नायव उपरिक्षक डिएसपी गौतम् मिश्रले जानकारी दिनुभयो । महिला पूरुष केही पहिचान हुन नसक्ने अवस्थाको कंकाल प्रहरी मुचुल्का गरि जिल्ला अस्पताल कलैयामा पठाइएको डिएसपी गौतम्ले बताउनु भयो । कलैया अस्पतालमा राखिएको कंकालको डिएनए परिक्षण पछि कतै ब्यवस्थान गरिने छ वहाँले भन्नुभयो ।

फोटोमा ःबालगंगा खोलामा भेटिएका मानव कंकाल ।

Leave a Reply