कलैया,बाराको नारायणी प्लास्टिक उद्योग कलैयाका सञ्चालक निरन्जन अग्रवाल अझै पनि प्रहरी हिरासतमा रहेका छन् । अनुमति नैं नलिई ढक÷तराजु प्रयोग गरेको आरोपमा गुणस्तर तथा नापतौल कार्यालय वीरगन्जले अग्रवाल विरुद्ध बारा जिल्ला अदालतमा मुद्दा प्रक्रिया अगाडि बढाएपछि अग्रवाल शुक्रबारदेखि नैं बारा प्रहरीको हिरासतमा परेका हुन् ।
अदालतको आदेश अनुसार अग्रवाललाई प्रहरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी राजेश थापाले बताउनुभएको छ । गुणस्तर तथा नापतौल कार्यालय वीरगन्जबाट खटिएको अनुगमन टोलीले अग्रवालको कलैयामा रहेको नायारणी प्लास्टिक उद्योगमा अवैध रुपले ढक÷तराजु प्रयोग गरेको फेला पारेपछि कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको गुणस्तर तथा नापतौल कार्यालय वीरगन्जका निरीक्षक सुनिलकुमार यादवले दाबी गर्नुभएको छ ।
अनुसन्धान गरिएको फाईल सहित उद्योगी अग्रवाललाई अदालतमा उपस्थित गराएपछि अदालतले कारबाही प्रक्रिया अगाडि बढाएको उहाँले बताउँनुभयो ।