कलैया,प्रसौनी गाउँपालिकामा सञ्चालित नेशनल पानी उद्योगमा जिल्ला प्रशासन कार्यालय बाराको टोलीले सिलबन्दी गरेको छ ।पानीको बोतलमा किरा भेटिएको गुनासोपछि अनुगमन गर्न पुगेको जिल्ला प्रशासन कार्यालय बाराको टोलीले नेशनल पानी उद्योगमा सिलबन्दी गरेको हो ।बाराका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णाप्रसाद आचार्यको नेतृत्वमा गएको बारा प्रहरीसहितको टोलीले मङ्गलवार दिउँसो उद्योगलाई सिल गर्दै त्यहाँ मौज्दात रहेको पानी नियन्त्रणमा लिएको छ ।‘माकुरा भएको पानीको बोतलसहित उपभोक्ताहरुले उजुरी गर्नुभयो । सोही उजुरीको आधारमा अनुगमन गर्न जादा मापदण्ड अनुसार उद्योग सञ्चालनमा नरहेको, सरसफाइ नगरेको र पानीको गुणस्तरमा समेत शङ्का लागेपछि प्रहरीको सहयोगमा सिलबन्दी गरेका हौँ ।’ सहायक सिडिओ आचार्यले भन्नुभयो, ‘परीक्षणका लागि पानीका केही बोतलहरू पनि नियन्त्रणमा लिएका छौँ ।’उद्योगका सञ्चालक विजयकुमार यादवलाई समेत अनुगमन टोलीले नियन्त्रणमा लिएको थियो । उनलाई हाजिरी जमानतमा रिहा गरिएको आचार्यले बताउनुभयो ।बाराका सञ्चालित पानी उद्योगहरूले मापदण्ड विपरित न्यूनगुणस्तरी पानी उत्पादन गरेर बिक्री वितरण गर्ने गरेको पाइएको छ । २ दिनअघि जिल्लाको महागढीमाई नगरपालिकास्थित नेचुरल रिसोर्स कम्पनीले उत्पादन गरेको शुद्ध अमृत जल ब्राण्डको पानीको बोतलमा पनि फोहोर मिसिएको पाइएपछि कोल्हबी नगरपालिका वडा नम्बर ११ थस्कौलबाट ३७ थान जार र ३९ कार्टुन पानी स्थानीय प्रशासनल जफत गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here