राष्ट्रिय स्वतन्त्र पार्टी भनेको नयाँ पार्टी हो । नयाँ एजेण्डा र लक्ष्य लिएर चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी अत्याधिक मत चुनावमा ल्याएको हो ।बारा जिल्लामा ४ वटै निर्वाचन क्षेत्रमा जित निकाले ऐतिहासिक रेकर्ड बनाएको यो पार्टीको व्यवहारले भने एक पटक शुभेच्छुकहरुको मन कुँडाइ दिएको छ ।

अधिवेशनमा क्रममा बारामा देखिएको रास्वपाको क्रियाकलापले पुराना दललाई समेत बिर्सन बाध्य बनाइ दिएको छ भने यही पार्टीका सभापति रवि लामिछानेले भन्ने गरेको ‘पद ठूलो होइन, पार्टी र जनताको हित ठूलो हो ।’ भन्ने कुरा बारामा लागू भएको देखिएन । बरु कथनी एकातिर करनी अर्कोतर्फ भने जस्तै पो भो जिल्लामा ।पुराना दलहरुका नेता कार्यकर्ताहरु पदका लागि लडको र मरेको त देखेकै हो । यसबाट जनता निकै आजित पनि भएका थिए । जनताले वास्तवमा नै राजनीतिमा परिवर्तन चाहेका थिए तर नयाँ भनिएको दलको समेत अवस्था यस्तो भएपछि जनतामा झनै निराशा र वितृष्णा पैदा हुने गर्दछ । रास्वपाको त धेरै कार्यकर्ता र नेता पनि छैनन् भनिन्छ । अरु पार्टीका जस्ता भातृ संगठन पनि उसको छैन । यो हिसावले अरुभन्दा फरक यो पार्टी हुनुपर्छ ।
तर, बाराको घटनाले यो कुरा गलत सावित गर्न खोज्दैछ । बाराको घटनाले रास्वपाको शुभचिन्तकहरुालई भने तनाब भएको छ । जे भएपनि नमज्जा लागेको छ । यिनीहरु पनि यस्तै त रहिछन् नि भन्ने भाष्य खडा हुदैछ । त्यसैले यो विषयमा रास्पवा जिल्ला स्तरका नेता कार्यकर्ता मात्र होइन स्वयम् रवि लामिछाने र बालेन साह पनि संवेदनशील बन्न आवश्यक छ अन्यथा यो रोग भोलि अन्त पनि नसल्कियला भन्न सकिन्न ।

Leave a Reply