निजगढ,निजगढ नगरपालिका र जीतपुरसिमरा उपमहानगरपालिकामा वडा कार्यालय सचिवहरुको जिम्मेवारी हेरफेर गरिएको छ ।निजगढ नगरपालिका कार्यालयले वडा नम्बर १० की सचिव भगवती रिमाल, वडा नम्बर १२ का अरुण बस्नेत र वडा नम्बर १३ का सचिव विष्णुलाल श्रेष्ठबाहेक अन्य सबैको जिम्मेवारी हेरफेर गरेको हो ।निजगढ नगरपालिका कार्यालयका सूचना अधिकारी रविन घिमिरेले दिएको जानकारी अनुसार वडा नम्बर १ र ४ वडा कार्यालयका सचिव शुभचन्द्र महतोलाई वडा नम्बर २ र ३ मा खटाइएको छ । वडा नम्बर २ र ३ का सचिव हिरा रानामगरलाई भने वडा नम्बर ११ मा पठाइएको छ ।

त्यसैगरी वडा नम्बर १ मा भने वडा नम्बर ८ का सचिव सोम सिंह लामा र वडा नम्बर ४ मा सुभाष ठाकुरलाई पठाइएको छ । ठाकुर यसअघि वडा नम्बर ७ को वडा कार्यालयमा कार्यरत हुनुहुन्थ्यो । सो वडामा वडा नम्बर ५ का सचिव धर्मराज लामिछानेलाई ल्याइएको छ ।त्यस्तै वडा नम्बर ५ र ६ को जिम्मेवारी वडा नम्बर ११ का सचिव सुजित कर्णलाई दिइएको छ । सचिव कर्णले वडा नम्बर २ र ३ का सचिव महतोले २÷२ वटा वडा कार्यालयको जिम्मेवारी पाउनुभएको हो ।
उता, वडा नम्बर ८ मा वडा नम्बर ९ की सचिव सपना ढुङ्गानालाई पठाइएको छ भने वडा नम्बर ९ मा वडा नम्बर ६ बाट सुमिता पराजुली आउनुहुने भएको छ । लामो समयदेखि एउटै वडामा कार्यरत सचिवहरुलाई सामान्य प्रक्रियाअनुरुप कार्यालय हेरफेर गरेर जिम्मेवारी दिइएको नगरपालिका कार्यालयका सूचना अधिकारी रविन घिमिरेले बताउनुभएको छ ।
यसैबीच जीतपुरसिमरा उपमहानगरपालिकाले पनि वडा सचिवहरुको जिम्मेवारी हेरफेर गरेको हो । उपमहानगरपालिकामा रहेका २४ वडा मध्ये प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लले १४ जना वडा सचिवलाई नयाँ वडा कार्यालयमा जिम्मेवारी दिनुभएको हो भने एक जनालाई पालिका कार्यालयमा तानिएको छ ।

कार्यालयले दिएको जानकारीअनुसार वडा नम्बर १ की वडा सचिव लक्ष्मी लामालाई २ नम्बर वडा कार्यालयमा वडा सचिवको जिम्मेवारी दिइएको छ । १५ नम्बर वडा कार्यालयका वडा सचिव प्रदिप रेग्मीलाई ११ नम्बर वडा कार्यालयमा वडा सचिवकै जिम्मेवारी दिईएको छ ।त्यसैगरी वडा नम्बर ६ का वडा कार्यालयका वडा सचिव गोविन्द पोखरेललाई ७ नम्बर वडा कार्यालयमा जिम्मेवारी तोकिएको छ । सो वडा कार्यालयका सचिव दिल्लीप्रसाद ढुंगानालाई वडा नम्बर ३ र ६ कार्यालयको वडा सचिवको जिम्मेवारी दिईएको छ ।त्यस्तै १४ नम्बर वडा कार्यालयकी वडा सचिव रञ्जु अधिकारीलाई १ नम्बर वडा कार्यालयमा वडा सचिवको जिम्मेवारी दिइएको छ । २ का वडा कार्यालयका सचिव कृष्णदेव राउतलाई ९ नम्बर र ३ का वडा कार्यालयका सचिव नागेश्वर ठाकुरलाई ५ नम्बर वडा कार्यालयको सचिवको जिम्मेवारी दिइएको छ ।
२४ नम्बर वडा कार्यालयका सचिव कृष्ण चौधरीलाई १० नम्बर वडा कार्यालयको जिम्मेवारी तोकिएको छ भने ५ नम्बर वडा कार्यालयका सचिव अर्जुन पाण्डेले १५ नम्बर वडा कार्यालयको जिम्मेवारी पाउनुभएको छ । वडा नम्बर ११ का सचिव त्रिलोककुमार ठाकुरलाई १४ नम्बर वडा कार्यालयको जिम्मेवारी तोकिएको छ ।

त्यसैगरी २३ नम्बर वडा कार्यालयका सचिव सिद्धार्थ चौधरीलाई १९ नम्बर वडा कार्यालयमा खटाइदा सो वडाका सचिव रणधिर यादवलाई २४ नम्बर कार्यालयको वडा सचिवको जिम्मेवारी दिइएको छ ।१० नम्बर वडा कार्यालयकी सचिव संगिता चौधरीलाई २३ र ९ नम्बरकी सचिव स्मृति वर्मालाई ८ नम्बर वडा कार्यालयमा पठाइएको छ । सो वडाका सचिव रौशनकुमार मिश्रलाई भने नगरकार्यपालिकाको कार्यालयमा सहायक कर्मचारीको जिम्मेवारी तोकिएको छ ।
निजगढ र जीतपुरसिमराको फोटो छ ।

 

Leave a Reply