कृष्ण मोहन साह
सेढवा,राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत टाइफाइड रोग बिरुद्धको खोप अभियान तथा नियमित खोपमा टाइफाइड खोप शुरुवात सम्बन्धि संचारकर्मीलाई अभिमुखीकरण कार्यक्रम शुक्रवार पर्साको जगरनाथपुर गापामा सम्पन्न भएको छ ।
गाउँपालिका अध्यक्ष जालिम मियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अगामी बैषाख ७ गतेदेखि १२ गतेसम्म सो कार्यक्रमलाई अभियानको रुपमा संचालन गरिने स्वास्थ्य शाखाका प्रमुख परमेन्द्रकुमार साहले बताउनुभयो । अभियान अन्तर्गत पालिकाका सम्पूर्ण वडामा रहेका १३ हजार ८ सय ९३ जना बालबालिकाहरुलाई टाइफाइड बिरुद्धको खोप लगाइने प्रमुख साहले जानकारी दिनुभयो ।
१५ महिनादेखि १५ वर्ष उमेर समूहका सम्पूर्ण बालबालिकाहरुलाई खोप लगाइने प्रमुख साहले बताउनुभयो । यसका लागि पहिले विद्यालयमा खोप केन्द्र राखिएका र पछि समुदायमा पनि खोप केन्द्र राखिने जनाइएको छ । अभियान संचालन गर्न ७५ वटा खोप टोली र ४८ वटा खोप केन्द्र तोकिएको र अभियानको सम्पूर्ण तैयारी भइसकेको प्रमुख साहले बताउनुभयो । अभियान समाप्त भएपछि पनि गापाका प्रत्येक स्वास्थ्य चौकीमा १५ महिना पुगेका बालबालिकाहरुलाई नियमित रुपमा खोप लगाइने जनाइएको छ ।