कलैया,बारा प्रहरीले १३ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । बारा जिल्ला अदालतबाट विभिन्न मुद्दामा कैद तथा जरिवाना भई फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय बारा तथा मातहतबाट समेत खटिएका प्रहरी टोलीले लुकिछिपी बस्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक प्रवक्ता दधिराम न्यौपानेले बताउनुभयो ।पक्राउ पर्नेहरुमा बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १५ बकुलहर बस्ने सहदेव सहनी, वडा नम्बर ५ घुसुकपुर बस्ने सागरप्रसाद लामिछाने, महागढीमाई नगरपालिका वडा नम्बर २ बस्ने रुसतम आलम, वडा नम्बर.२ का राजेशप्रसाद यादव, वडा नम्बर ५ कबही बस्ने अनिलकुमार साह, वडा नम्बर. ७ तेलगाईका राजेन्द्र राय यादव र नवलप्रसाद यादव, सोही वडाका अनुठाप्रसाद यादव, सिम्रौनगढ नगरपालिका वडा नम्बर ९ बसवरियाका रामुप्रसाद यादव, आदर्शकोतवाल गाउँपालिका वडा नम्बर ६ पटेर्वाका सुखलाल महतो कोइरी, वडा नम्बरं ८ कोतवालीका बिनोदलाल कर्ण रहेका छन् ।यसैगरि प्रहरीले जिल्लाको फेटा गाउँपालिका वडा नम्बर ६ पुरैनिया बस्ने लालबाबु ठकुराई र तोबारक अंसारीलाई पक्राउ गरेको प्रवक्ता न्यौपानेले जानकारी दिनुभयो ।पक्राउ परेका सबैजनालाई बारा जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।


















