बसन्त लामा
सिंगौल,निजगढ नगरपालिकाको कार्यपालिका लक्षित कोष अन्तर्गत महिलाहरुको सशक्तीकारण तथा अभिमुखीकारण ५ दिने कार्यक्रम सोमवारबाट वडा नम्बर १ को कछाडीया टोलमा सुरु भएकोछ ।कार्यक्रम सयोजक उमेश घलानको अध्यक्षतामा शुरु भएको सो तालिममा प्रमुख अतिथिवडा अध्यक्ष मंगले लोप्चन र कार्यपालिका सदश्य फूलमाया घलानले सामुहिक रुपमा ब्यानर पढेर उद्धाटन गर्नुभएको थियो ।

वडा नम्बर १ का कछाडीया समुदायका ६० जना महिलाहरुको सहभागिता रहेको सो तालिममा प्रशिक्षक रेशमी लामिछानेले महिला सशक्तीकारणसम्बन्धि अभिमूखीकरण तालिम दिनुहुने छ । वडा नम्बर १ को कछाडीया टोलको कछाडीया समुदायिक सभाहलमा तालिम सुरु भएको हो ।तालिम उद्धाटन कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष मंगले लोप्चन, निजगढ नगरपालिका कार्यपालिका सदस्य अरुणा बिक, फूलमाया घलान, समाजसेवी संगम लोप्चन, नेकपा माओवादी केन्द्र निजगढ नगर कमिटीका अध्यक्ष सन्तोष दंगाललगायतले महिलाहरुको सशक्तीकारण सम्बन्धि विषयमा बोलेका थिए ।
कार्यक्रममा वडा सदस्य कन्तलाल धामी, रेडियो मध्यतराईका प्रबन्धक पवन सिंह, समाजसेवी मोहनबहादुर खडका, वाइसिएल निजगढका अध्यक्ष सुदर्शन थपलिया, फास्ट ट्याक मिडिया प्रालिका अध्यक्ष महेश्वर अधिकारी पनि सहभागी भएका थिए ।

उद्धाटन कार्यक्रममा कार्यक्रम सयोजक उमेश घलानले स्वागत मनतव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रम संचालन सलिउट सिगौलका प्रबन्ध निर्देशक शान्ताकुमार सापकोटाले गर्नुभएको थियो ।फाष्टट्याक मिडिया प्रा लिको आयोजनामा शुरु भएको सो तालिमको सहआयोजक निजगढ नगरपालिका कार्यपालिका रहेकोछ ।

Leave a Reply