सिमरा,सिमरामा रहेको सिमरा भेट्रान क्लबले दोश्रो अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिताको आय व्यय सार्वजनिक गरेको छ । सिमरा रंगशालामा शनिवार आयोजित छलफल कार्यक्रममा प्रेस विज्ञप्ति जारी गर्दै सिमरा भेट्रान क्लबले प्रतियोगिताको आय व्यय सार्वजनिक गरेको हो ।क्लबले भदौ २९ गतेदेखि स्व. मञ्जुदेवी गुप्ताको स्मृतीमा अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिता आयोजना गरेको थियो । असोज १ गतेसम्म सञ्चालित प्रतियोगितामा ११ लाख २० हजार ६ सय ६० रुपैया खर्च भएको जनाएको छ ।प्रतियोगितामा १५ लाख १६ हजार ९ सय आम्दानी भएकोमा ६ लाख ९९ हजार ८ सय रुपैया संकलन हुन बाँकी रहेको क्लबका अध्यक्ष राजकपुर राउत विजयले जानकारी दिनुभयो । छलफलमा प्रतियोगिताको आय व्यय क्लबकी कोषाध्यक्ष रिता कडेलले प्रस्तुत गर्नुभएको थियो ।छलफलमा क्लबका अध्यक्ष राउतले प्रतियोगिता सञ्चालनको निम्ति सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो । प्रतियोगिता संयोजक हरी चौधरीले आगामी दिनमा खेललाई अझै व्यवस्थित बनाउने बताउनुभयो । क्लबका सल्लाहकार बिनोद परियारले खेल क्षेत्रको विकासमा भेट्रान प्रतियोगिताले ठुलो भुमिका खेलेको बताउनुभयो ।छलफलमा आगामी प्रतियोगिता सञ्चालनको बिषयमा समेत छलफल भएको क्लबका सदस्य उमेश चौलागाईले जानकारी दिनुभयो । खेल क्षत्रेको विकास र प्रवद्र्धन गर्ने उदेश्यका साथ आयोजित अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगितामा १६ वटा टिमको सहभागिता रहेको थियो ।

Leave a Reply