निजगढ,नेपाल तेक्वान्डो संघ बारा जिल्ला कार्यसमितिले बुधवार बारा जिल्लाका तेक्वान्डो खेलाडी, खेलप्रेमी र खेल सहयोगीहरुको सम्मान गरेको छ ।

निजगढ नगरपालिकाकी उपप्रमुख लिलादेबी लामिछानेले जिल्लामा तेक्वान्डो खेलको विकासमा महत्वपूर्ण योगदान पुर्याएका बारा जिल्लाका खेलाडी, खेलप्रेमी, सहयोगी र उत्कष्ट डोजाङ्गसमेत गरी ३० जना व्यक्ति र संस्थाहरुलाई सम्मान गर्नुभएको थियो ।

सो कार्यक्रममा डोजाङ्गतर्फ जिल्लामा उत्कृष्ट डोजाङ्ग आदर्श हिमचुलीलाई सम्मान गरिएको थियो भने तेक्वाण्डो प्रशिक्षकतर्फ हेमलाल श्रेष्ठ, शंकर लामा, वृजमोहन साह र जितसिंह लामालाई सम्मान गरिएको थियो भने जिल्लामा उत्कृष्ट खेलाडीतर्फ सम्झना पाख्रिन र वर्षात मोक्तान तथा सम्मानित हुने अन्य खेलाडीमा शंकर यादव, उदयराज पाण्डे, अमित सिंह, बलराम कार्की, भावना लामा, बसन्त लामा, संजिव नेपाली, श्याम लामा, अरुण लामा, पवन श्रेष्ठ, पावर्ती बस्नेत, बिना लामा लगायत सम्मानित हुनुभएको छ । उत्कृष्ट खेलाडी उत्पादन गरेको भन्दै आदर्श हिमचुली डोजाङ्गका प्रमुख हेमलाल श्रेष्ठलाई कदर पत्रसहित सम्मान गरिएको हो ।

त्यसैगरी तेक्वाण्डो संघका केन्द्रीय सदस्य गुरुप्रसाद गौतम, मधेस प्रदेशका महासचिव राजकुमार लामा, प्रदेश सदस्य मुक्तिप्रसाद यादव र रविन्द्रप्रसाद यादवलाई पनि सम्मानित गरिएको थियो ।

कार्यक्रममा तेक्वाण्डो खेलको विकासको लागि सहयोग गर्ने स्थानीय व्यवसायी दिपेन्द्र श्रेष्ठ, रामप्रसाद चौलागाई, गोपालकाजी श्रेष्ठ, कुमार पोखरेल, सागर लामा, जनक श्रेष्ठ, मिना लामा, नारायण उप्रेती, जय लामालगायतलाई कदरपत्र सहित सम्मान गरिएको छ ।

संघका बारा जिल्ला अध्यक्ष नन्दु लामाको अध्यक्षतामा निजगढ कभर्ट हलमा भएको सो कार्यक्रममा निजगढ नगरपालिकाकी उपप्रमुख लिलादेबी लामिछाने, संघका मधेस प्रदेश अध्यक्ष पेमासिद्धी लामा, गुरुप्रसाद गौतम, निजगढ तेक्वान्डो डोजाङ्ग प्रमुख शंकर लामा र संघका बारा जिल्ला उपाध्यक्ष सन्जय साहलगायतले बोल्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here