अहिले नेपालमा पाँच दलको गठबन्धन छ । पाँच दलीय गठबन्धनै स्थानीय तहको चुनावका लागि तयारी अवस्थामा रहेका छन् । यद्यपि उनीहरुले अबको एक महिनापछि हुने स्थानीय तह चुनावका लागि गठबन्धन गर्ने कुरा यसअघि नै बताइसकेम छन् । यद्यपि यसमा कति सफलता हासिल हुन्छ त्यसका लागि भने केही समयसम्म धैर्य गर्न आवश्यक छ ।

तर, चुनावमा गठबन्धनमा बिभिन्न चुनौति भएपछि उनीहरुले अहिले एक खालको मापदण्ड पनि बनाएका छन् । त्यही मापदण्डको आधारमा चुनावी अभियान र तालमेल संचालन गर्ने सत्तासिन दलहरुको तयारी छ । त्यसका लागि उनीहरुले मंगलबार नै एक प्रकारको मापदण्ड बनाएका छन् ।

अब यो मापदण्डले कत्तिको काम गर्छ भन्ने कुरा चैं महत्वपूर्ण हो । यसका आधारमा तीव्र असंतुष्टीमा रहेका तल्लो तहका कार्यकर्ताहरुले मान्छन् कि मान्दैनन् भन्ने कुरा चाही मुल हो । मापदण्ड बनाउदैमा त गठबन्धनको जीत नहोला तर सफलता कत्ति हासिल हुन्छ त्यो चैं मुल कुरा होला ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here