नरेश गुप्ता

बरियारपुर,यात्रुसंग बढी भाडा लिइएको पुष्टि भएपछि बारा प्रहरीले ३ वटा बस र चालकलाई नियन्त्रणमा लिइ कारबाही शुरु गरेको छ । बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ६ मा जिल्ला प्रहरी कार्यालय बारा तथा इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको संयुक्त टोलीले चेकजाँचको क्रममा यात्रुसँग बढी भाडा लिएको पाइएपछि ना ५ ख ३९४६, ना ६ ख ९०९७ र प्रदेश नं.२–०३००१ ख–०१५८ नम्बरको रात्री बसका चालकलाई नियन्त्रणमा लिएर कारबाही शुरु गरेको हो । प्रहरी टोलीले यात्रुसंग असुलेको भाडा बापतको बढी रकम फिर्ता गर्न लगाएर बससहित चालक तथा कन्टेक्टरलाई आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयमा ल्याएर राखिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक गौतम मिश्राले जानकारी दिनुभयो ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भइरस (कोभिड–१९) को संक्रमण नियन्त्रण एवं न्यूनीकरणको लागि जिल्ला प्रशासन कार्यालय बारा समेतबाट जारी निषेधाज्ञा आदेश विपरीत बसका चालकहरुले हेटौडा, भरतपुर र काठमाण्डौसम्म पुर्याइदिने भनी यात्रुसंग बढी भाडा लिएर विभिन्न स्थानबाट यात्रु चढाएको पाइएको प्रहरीले बताएको छ ।

Leave a Reply