कृष्ण मोहन साह
सेढवा,पर्साको जिराभवानी गाउँपालिका वडा नं ३ मा शनिवारदेखि शुरु भएको सातौं परसवा गोल्डकप फुटबल प्रतियोगितामा आइतवार दुईवटा खेल सम्पन्न भएका छन् ।आइतवार युवा क्लव पकडीटोल र सिद्धपुर तथा आयोजक न्यु परसवा र बारा– ११ बीच खेल भएको हो । पहिलो खेलमा युवा क्लव पकडीटोल बिजयी भएको छ । युवा क्लव पकडीटोल र सिद्धपुर उमंगबीच भएको खेलमा पकडीटोल ५÷० को अन्तरले बिजयी भएको हो । पकडीटोलका अभिशेक महतोले ३ गोल गरेका थिए । त्यस्तै साजन गौतमले २ गोल गरेका हुन् । खेलमा पकडीटोल क्लवका साजन गौतम म्यान अफ दि म्याच घोषित भए ।त्यस्तै दोस्रो खेलमा आयोजक न्यू एभरेष्ट क्लब परसवा बिजयी भएको छ । परसवाले बारा– ११ लाई शुन्यको बिरुद्व ४ गोल अन्तरले पराजित गरेको हो ।परसवाका लागि बिमल घिसिङ्ग, अभि लामा, समीर राई र अनिल पाचे मगरले एक÷एक गोल गरेका थिए ।खेलमा न्यू एभरेष्ट क्लब परसवाका बिमल घिसिङ्ग म्यान अफ द म्याच घोषित भए ।
सोमवारको पहिलो खेल ठोरी र इनरवा भारत तथा दोस्रो खेल बुद्धनगर र पटेर्वासुगौली देकुली बीच हुने आयोजकले जनाएको छ ।

Leave a Reply