काठमाण्डौ – एन्फा महिला फुटबल लिग अन्तर्गत अन्तिम चरणको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले बाग्मती युथ क्लबलाई हराएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीवार भएको खेलमा आर्मीले बाग्मती युथलाई २–० गोलले हराएको हो ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा भएको एन्फा महिला लिगको पहिलो चरणपछि पाँच वटा टोली सुपर फाइभमा पुगेका छन् । एन्फा महिला लिगमा १० वटा टोली सहभागी थिए । अन्तिम चरण आउँदो माघ १६ गतेसम्म चल्नेछ ।

दोस्रो चरणको सुपर फाइभमा त्रिभुवन आर्मी, बाग्मती युथसहित सशस्त्र प्रहरी बलको एपीएफ क्लब, नेपाल पुलिस क्लब र स्याङ्जाको वालिङ नगरपालिका पुगेका छन् । अन्तिम चरणमा २४ वटा खेल हुनेछन् ।
फोटो पनि छ ।

Leave a Reply