कृपा संवाददाता
निजगढ, २१ कार्तिक । नेपाली सेनाले बाराको निजगढ नगरपालिका वडा नम्बर १० स्थित लालमा बिहिबार स्थानीय विद्यालयका छात्राछात्रा, शिक्षक र सर्वसाधारणकोलागि प्रकृति संरक्षण संबन्धि चेतनामुलक कार्यक्रमसंगै स्वास्थ्य शिवीरको आयोजना गरेको छ । सेनाको पर्सा राष्ट्रिय निकुञ्जमा रहेको सिद्धबक्स गण, २८ नम्बर बाहिनी अड्डा, जितपुर, चन्दननाथ गण कलैया र तराई मधेस काठमाण्डौं दु्रतमार्ग सडक निर्माण कार्यदल निजगढको संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।

 

कार्यक्रममा स्थानीय नेपाल राष्ट्रिय मावि र नेपाल राष्ट्रिय आधारभुत विद्यालयका ५ सय भन्दा बढी छात्राछात्रा र स्थानीय अभिभावक सहभागी थिए । गणका सेनानी योगेश चन्द्र महतले संरक्षणको महत्व बारे सहभागीहरुलाई जानकारी दिनुभएको थियो । विद्यालयका विद्यार्थी र स्थानीयलाई प्रकृतिक सम्पदाको महत्व बारे जानकारी दिएर संरक्षण कार्यलाई प्रभावकारी तुल्याउने उदेश्यले कार्यक्रम आयोजना गरिएको सिद्धिबक्स गणका गणपति प्रकाश थापाले बताउनुभयो ।

 

सोही अवशरमा भएको स्वास्थ्य शिवीरमा नेपाली सेनाको २८ नम्बर बाहिनी अड्डा जितपुरकी उपसेनानी डाक्टर रक्षा राणा लगायत चिकित्सक र स्वास्थ्यकर्मीहरुले बिरामीको स्वास्थ्य जाच गर्नुभएको थियो । शिवीरमा २२५ महिला १२८ पुरुष र २७५ बालबालिका गरी ६२८ जनाले स्वास्थ्य परीक्षण गरेको दु्रतमार्ग सडक निर्माण कार्यदल निजगढका सेनानी सुशिल कार्कीले जानकारी दिनुभयो ।

 

 

निजगढ नगरपालिका कार्यालय, क्लिन सोसाइटी सिमरा र योङ्ग स्टार युनाइटेड क्लव निजगढकोे सहयोगमा सो कार्यक्रम आयोजना गरिएको थियो । निजगढ नगरपालिकाकी उपप्रमुख लिलादेवी लामिछाने, पर्सा राष्ट्रिय निकुञ्जका वार्डेन अमिर महर्जन, दु्रतमार्ग सडक निर्माण कार्यदल निजगढका सेनानी सुशील कार्की, निजगढ नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष पद्मबहादुर लोप्चन लगायतले कार्यक्रमको महत्व बारेमा बोल्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here