नेपाली राजनीति जसका लागि पनि खुला छ । त्यसो त बिश्वका राजनीतिमा पनि राजनीति त खुलै देखिन्छ तर बिश्व र नेपालको राजनीति गराइ भने फरक छ । पछिल्लो समय नेपालका सेलिब्रेटी भनिएकाहरुलाई राजनीतिमा भित्राउने क्रम बढेको छ । राजनीतिमा उनीहरुलाई छिराइएको छ । मंगलबार मात्रै एमालेमा कुनै समय बावुराम भट्टराइको पार्टीमा लागेका करिष्मा मान्धर लागेकी छन् ।

नयाँ शक्तिमा लागेकी करिष्माका कारण कति भोट आयो र त्यो पार्टीले कति मत ल्यायो भन्ने कुराको समीक्षा हुन आवश्यक छ । एमालेले सस्तो लोकप्रियताका लागि करिष्माहरुलाई कमरेड बनाएपछि राजनीतिमा उनीहरुबाट खासै फाइदा छैन । फाइदा भनेको नेताको साथमा जनता हुनु हो । जनता र दर्शक फरक कुरा हो । दर्शक जनता बन्ने छैनन् ।

एमालेले मात्रै यो रोग छैन । यो रोग अरु पार्टीमा पनि छ । कुनै समय माओवादीमा लागेकी रेखा थापा एकाएक राप्रपामा गएकी छन् । जुन सिद्धान्तत धेरै फरक कुरा हो । कसरी सेलिब्रेटीहरुले आफ्नो स्वार्थ सेक्दैछन् भन्ने कुरा स्वतः स्पष्ट छ । त्यसैले राजनीतिमा आउन पाइयो तर उनीहरुबाट धेरै आश गर्ने पार्टीहरुको प्रवृत्ति भने अन्त्य भएकै राम्रो । उनीहरु अरानीतिक व्यक्ति नै हुन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here