निजगढ,प्रेस चौतारी नेपाल बारा शाखाले निजगढका एकजना क्यान्सर पीडितलाई १० हजार ५ सय ५५ रूपैयाँ आर्थिक सहयोग गरेको छ ।
प्रेस चौतारी मधेस प्रदेश कमिटीले बाराको निजगढमा आयोजना गरेको स्थानीय तह निर्वाचन केन्द्रीत मधेस प्रदेश स्तरीय चुनावी प्रचार रणनीतिक भेलामा निजगढ नगरपालिका वडा नम्बर २ का क्यान्सर पीडित राधाकृष्ण सापकोटाको उपचारको लागि नेकपा एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख एवंम् गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्गले प्रदान गर्नुभएको हो ।