नरेश गुप्ता

बरियारपुर,पिकअप भ्यानको पछाडिको ढोकामा ठोक्किएर बाराको जीतपुर बजारमा एकजना मोटरसाइकल चालक गम्भीर घाइते भएका छन ।

जिल्ला बारा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर.७ स्थित जीतपुर– बकुलिया सडकखण्डको बकुलिया रोडमा रोकी राखिएको ना ५ च १२०० नम्बरको पिकअप भ्यानको पछाडिको ढोका खोल्ने क्रममा बकुलियाबाट जीतपुरतर्फ आउदै गरेको बा.६९ प.१८८७ नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकल.चालक सोही ठाउँ ठुलोपोतहा बस्ने वर्ष २७ का दिनेशप्रसाद चौधरी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते चौधरीको हात र कम्मरमा चोट लागेको र उपचारको लागि सोहि वीरगन्ज हेल्थ केयरमा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिनुभयो ।

पिकअप भ्यान र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा राखेको छ ।

भ्याट बिल नभएको सामान बरामद

प्रहरी चौकी पथलैयाले भ्याट बिल नभएको मालसामान नियन्त्रणमा लिइएको छ ।

नियमित चेकिङ्गको क्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ तिनकुने चौकमा खटिएको प्रहरी टोलीले काठमाण्डौबाट भ्याट बिल बिना सिराहतर्फ जादै गरेको गरेको प्र.३–००१ ख. ०७१९ नम्बरको बसको डिकीमा लुकाइ छिपाई लैजादै गरेको अवस्थामा राउटर १ सय पिस, आई टिभी प्लेयर १० पिस र मेडटा बोक्स गरी करिब ३ लाख २४ हजार ७ सय ३५ रुपैया बराबरको समानहरु नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय बारामा राखिएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here