कलैया,बाराको आदर्श कोतवाल गाउँपालिकाबाट गत शुक्रवार उद्धार गरिएकी एक १० वर्षीया बालिकालाई अभिभावकको जिम्मा लगाइएको छ ।सडकमा अलपत्र परेको अवस्थामा उद्धार गरिएकी बालिकालाई रौतहटको गुजरा पुगेर अभिभावकको जिम्मा लगाइएको हो ।

वीरगञ्जस्थित सानो पाइलाका प्रतिनिधिले गुजरा नगरपालिकाका जनप्रतिनिधिको रोहबरमा बालिकालाई बुवाको जिम्मा लगाएका थिए । प्रहरीद्धारा उद्धार गरिएकी बालिका पाँच दिनदेखि सानो पाइलाद्धारा संचालित सानो घरको संरक्षणमा थिइन् ।अभिभावकको पहिचान भएपछि नगरपालिकाको कार्यालयमा पुगेर सरोकारवाला निकायको उपस्थितिमा बालिकालाई जिम्मा लगाइएको सानो पाइलाका संचालन प्रमुख विवेक कर्णले जानकारी दिनुभयो ।

सडकबाट उद्धार गरिएकी बालिका फरक क्षमताकी थिइन् ।बोल्न नसक्ने भएका कारण अभिभावक पहिचानमा कठिनाई भईरहेको थियो । उद्धार गर्दा बालिकाको हात जलेर घाउ भएको अवस्थामा रहेको थियो ।सडकबाट उद्धार गरेलगत्तै जिल्ला प्रहरी कार्यालय बाराले माइती नेपालसँग समन्वय गरेर बालिकालाई उपचारका लागि वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल लगेको थियो । उपचारपछि सानो पाइलाले बालिकालाई संरक्षण गर्दै आएको थियो ।सौजन्य तस्बिर

Leave a Reply