वीरगन्ज,नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा वीरगन्ज महानगरपालिकाको मेयर पदको उम्मेदवारका लागि वर्तमान मेयर विजयकुमार सरावगीको नाम सिफारिस गरेको छ ।

एमाले वीरगन्ज महानगर कमिटीको पूर्ण बैठकले बुधबार महानगरपालिकाको मेयरको उम्मेदवारमा सरावगीलाई सर्वसम्मतले सिफारिस गर्ने निर्णय गरेको हो । गत स्थानीय चुनावमा सरावगी तत्कालीन संघीय समाजवादी फोरमबाट मेयरमा विजयी हुनु भएको थियो । मेयरमा निर्वाचित भएको केही महिनापछि नै सरावगीले पार्टीबाट असहयोग भएको गुनासो गर्दै आउनुभएको थियो ।

पार्टी अध्यक्ष उपेन्द्र यादवलाई राजीनामा बुझाउन उहाँ त्यसबेला काठमाडौं पुग्नु भएको थियो । मेयर सरावगी गत फागुन २८ मा एमाले प्रवेश गर्नु भएको थियो । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओली वैवाहिक समारोहमा वीरगन्ज आएको बेला सरावगी एमाले प्रवेश गर्नु भएको थियो । महानगर कमिटी उपाध्यक्ष महेश दासका अनुसार बुधबारको बैठकमा सचिव सुन्दर कर्मीले मेयर पदका लागि विजय सरावगीको नाम प्रस्ताव गर्नुभएको थियो ।

महानगर कमिटीको बैठकले मेयरमा विजय सरावगीको नाम सिफारिस बैठकपछि उपाध्यक्ष दासले जानकारी दिनुभयो । उपमेयर र वडाध्यक्षको नाम बिहीबार टुंगो लगाउने उहाँले बताउनुभयो । उहँका अनुसार उपमेयर र वडाध्यक्षको नाम टुंगो लगाउन बुधबारको बैठकले महानगर कमिटीको पदाधिकारीलाई जिम्मा दिएको छ ।

एमाले प्रवेश गरेपछि एमाले पर्साका केहि नेताहरुले विरोधसमेत जनाएका थिए । गत स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वीरगन्जको मेयर पदमा नेशनल मेडिकल कलेजका निर्देशक बसरुदिन अन्सारीले मेयरमा चुनाव लडनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here