कलैया,२४ भदौको जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट फरार भएका २ जना कैदीबन्दी बाराबाट पक्राउ परेका छन् ।पक्राउ पर्नेमा बाराको करैयामाई गाउँपालिका– ७ पिपराका २३ वर्षीय कृष्णा चौधरी र २९ वर्षीय विवेक चौधरी रहेका छन् ।उनीहरू दुवै जनालाई बाराको पिपराबाट बिहीबार पक्राउ गरी वीरगञ्ज कारागार पठाइएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार उनीहरू दुवै जना केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारामा लागुऔषध मुद्दामा पुर्पक्षमा थिए ।२४ भदौको जेनजी आन्दोलनका क्रममा कारागारबाट उनीहरू फरार भएका थिए ।



















